Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

रौतहटमा दुई दिनको अवधीमा दुई जनाको शव फेला

  •   २ वर्ष अघि | २४ असार २०८१, सोमवार

रौतहट । रौतहटमा दुई दिनको अवधीमा दुई जनाको शव फेला परेको छ । सोमबार बिहान रौतहट जिल्लाको यमुनामाई गाउँपालिका– ४ सरुअठा नजिक रहेको झाझ खोलामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

करिब ३० वर्षीया महिलाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ । खोलामा महिलाको शव रहेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल बिओपी लक्ष्मीपुर बेलबिछवाबाट टोली गएर पानीबाट महिलाको शव निकालेको हो ।

फेला परेको महिलाको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उक्त शव परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । यस्तै आइतबार माधवनारायण नगरपालिका– ९ स्थित बागमती नदीको किनारबाट एक पुरुषको शव फेला परेको थियो । कुहिएको अवस्थामा फेला परेको शवको सनाखात हुन नसकेको प्रहरीले जनाएको छ ।

  • Reporter

थप