Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

ट्रम्पको दाबी: 'अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको छ'

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

संयुक्त राज्य अमेरिका । / फ्लोरिडास्थित आफ्नो चुनावी मुख्यालयमा समर्थकहरूको ठूलो भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकाले अभूतपूर्व जनादेश दिएको भन्दै उत्साह प्रकट गरे। उनले रिपब्लिकन पार्टीका लागि यो दिनलाई भविष्यमा सम्झन लायक महत्वपूर्ण दिन हुने दाबी गरेका छन्।

ट्रम्पले सिनेटमा पनि रिपब्लिकनको बहुमत पुनःस्थापित भएको संकेत गर्दै देशलाई एकताबद्ध गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नी श्रीमती मेलानियाका साथै परिवारका सदस्य र शुभेच्छुकलाई धन्यवाद दिए।

हालसम्मको नतिजाअनुसार ट्रम्पले ६ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी कमला ह्यारिसले ६ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गरेकी छन्। ट्रम्पले ५१.१ प्रतिशत मत हासिल गरेका छन् भने ह्यारिसले ४७.२ प्रतिशत मत पाएकी छन्।

रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गरिसकेका छन्, भने ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गरेकी छन्। ट्रम्पलाई राष्ट्रपति पदमा विजयी हुन आवश्यक २७० इलेक्टोरल मतमा पुग्न अब चार मत मात्र बाँकी छ। अमेरिकी सञ्चार संस्था फक्स न्यूजले ट्रम्पको विजयको घोषणा गर्दै उनलाई २७० भन्दा बढी इलेक्टोरल मत प्राप्त हुने जनाएको छ।


  • Jigyasa media

थप