Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रवि लामिछाने सहकारी ठगी मुद्दामा आज अदालतमा पेस हुँदै

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध आरोपमा आज जिल्ला अदालत कास्कीमा पेस गरिनेछ। शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याएको थियो। स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।

प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्न माग गर्ने तयारी गरेको छ। लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोप लागेको हो।

संसदीय छानबिन विशेष समितिले लामिछानेसहित अन्य व्यक्तिहरूमाथि ठगी, किर्ते, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको सिफारिस गरेकोथियो।


  • Jigyasa media

थप