Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रुसी सेनामा भर्ती भएका थप ४ नेपालीको मृत्यु, कुल मृतक संख्या ४० पुग्यो

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौँ - रुसी सेनामा भर्ती भएका थप ४ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ, जससँगै मृत्यु हुने नेपालीहरूको संख्या ४० पुगेको छ। पछिल्लो तथ्यांकअनुसार, मृत्यु हुनेमा विक्रम चौधरी, डोमबहादुर आले, विमल लिम्बू, र सुवास थापा रहेका छन्।

यसअघि, असार १० सम्म मृत्यु भएका ३४ नेपालीहरूको संख्या पछिल्लो समय थपिएर ४० पुगेको हो। हालै मृत्यु भएका २ जना सञ्जोग आचार्य र नवीन शाहीसँगै, यी ४ जना थपिएपछि यो संख्या पुगिएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार, रुसी सेनामा भर्ती भएका १७४ नेपालीहरू अहिले सम्म देश फर्किसकेका छन्। मन्त्रालयले थप मृतकहरूको ठेगाना पत्ता लगाउनका लागि प्रयास गरिरहेको छ। मन्त्रालय स्रोतका अनुसार, सम्बन्धित निकायहरूसँग सोधपुछ गरेर ठेगाना पत्ता लगाउने काम भइरहेको छ।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसी सेनाले गैरकानुनी रूपमा नेपालीहरूलाई भर्ती गर्दै युद्धमा सहभागी गराउँदै आएको छ। हालसम्म, मृत्यु भएका नेपालीहरू विभिन्न जिल्लाबाट आएका छन्, जसमा दोलखा, काठमाडौँ, स्याङ्जा, गोरखा, दार्चुला, रोल्पा, उदयपुर, जाजरकोट, संखुवासभा, दैलेख, जुम्ला, सिन्धुली, र अन्य जिल्लाका रहेका छन्।

यसैबीच, रुसी सेनामा भर्ती भई युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीहरूलाई छुटाउन नेपाल सरकारले प्रयास जारी राखेको भए पनि, हालसम्म सफल हुन सकेको छैन। युक्रेनी सेनाको कब्जामा रहेका नेपालीहरूमा काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, बर्दियाका विवेक खत्री, चितवनका सुजन सुवेदी, मकवानपुरका ईश्वर लामिछाने, र मदन दाहाल रहेका छन्।

नेपाल सरकारले उनीहरूलाई छुटाउन रुसी सरकारसँग सहकार्य गर्दै आए पनि हालसम्म कुनै ठोस सफलता प्राप्त भएको छैन।

  • Jigyasa media

थप