Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

महाशिवरात्रिमा यी क्षेत्रमा सवारी चलाउन रोक

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

काठमाडौं, फागुन १३ – महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार पशुपति क्षेत्र वरपर अत्यधिक भीड हुने भएकाले पुरानो बानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको सडक खण्डमा सवारी प्रवेशमा कडाइ गरिनेछ। पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष करिब पाँच लाख दर्शनार्थी आउने अनुमान गरिएको छ।

ट्राफिक व्यवस्थापन अन्तर्गत सिनामंगलदेखि गौशाला हुँदै चावहिलसम्मको चक्रपथ क्षेत्रमा सवारी आवागमन नियन्त्रण गरिनेछ। यस्तै, पुरानो बानेश्वर, भीमसेनगोला, सिनामंगल हुँदै तिलगंगासम्म सवारी निषेध गरिएको छ। धोबीखोला क्षेत्रका रातोपुल, कालोपुल, सिफल लगायतका बाटो हुँदै पशुपति प्रवेश गर्न पनि रोक लगाइएको छ।

सवारी पार्किङका लागि तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर, गुह्येश्वरीपारि करिडोर सडक, बनकाली क्षेत्र, कोष कार्यालय र सिफलचौर तोकिएका छन्। सुरक्षाकर्मीका सवारी भने गौशाला प्रहरी वृत्तमा राख्ने व्यवस्था मिलाइएको छ।

शिवरात्रिको भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आठ सय ९० जना प्रहरी परिचालन गरेको छ। सम्भावित चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका प्रहरीसमेत खटाइएको छ। ट्राफिक प्रहरीले आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्क गर्न आग्रह गरेको छ।


  • Jigyasa media

थप