Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

पश्चिमी प्रणालीको प्रभावः सुदूरपश्चिम र कर्णालीमा वर्षा, उच्च क्षेत्रमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | १६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं, फागुन १६ – देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेसँगै आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा बदली भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। दिउँसो कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी, गण्डकी र तराई क्षेत्रका केही स्थानमा पनि हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ।

यसैगरी, सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा व्यापक हिमपातको सम्भावना छ। गण्डकीसहित अन्य प्रदेशका उच्च पहाडी भूभागमा पनि हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको छ।

विभागले यात्रा तथा दैनिक गतिविधिमा सतर्कता अपनाउन आग्रह गर्दै बदलिँदो मौसमको प्रभावप्रति सचेत रहन सुझाव दिएको छ।


  • Jigyasa media

थप