Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सालीको हत्या गर्ने भिनाजु सहित एक पक्राउ

  •   २ वर्ष अघि | २२ फाल्गुन २०८१, बिहिबार

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा घर भाडामा बस्दै आएकी राधा बोहोराको रहस्यमय मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मृतक बोहोराका ६९ वर्षीय भिनाजु शान्तबहादुर खत्री र २४ वर्षीया बुहारी उमाकुमारी खत्रीलाई अनुसन्धानका क्रममा संलग्नता देखिएपछि बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको हो।

फागुन ४ गते बिहान १०:३० बजे स्थानीयले बोहोराको घर बाहिरबाट ताल्चा लागेको देखेपछि जनप्रतिनिधिहरूको रोहबरमा ताल्चा फुटाइ भित्र जाँच गर्दा उनको शव बाँसको खामोमा झुन्डिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइ अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका क्रममा भिनाजु र बुहारीको संलग्नता देखिएपछि थप छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिएका छन्। पक्राउ परेका दुवै जना हाल प्रहरी हिरासतमा छन्।


  • Jigyasa media

थप