Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

शुक्र अस्त: के गर्न हुन्छ? के गर्न हुँदैन?

  •   १ वर्ष अघि | ६ चैत्र २०८१, बुधबार

काठमाण्डौ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार चैत ६ गते बुधबार राति ७:२५ बजेबाट शुक्र ग्रह अस्त भएको छ। यो अवस्था चैत १० गते आइतबार दिउँसो १:१७ बजे सम्म रहनेछ।

शुक्र अस्त के हो?

ज्योतिषीय दृष्टिकोणले शुक्र ग्रह पृथ्वी नजिक आउँदा सूर्यको तेजले ढाकिन्छ, जसलाई शुक्र अस्त भनिन्छ। हिन्दू धर्मशास्त्र अनुसार शुक्राचार्य शुभ कर्मका कारक ग्रह भएकाले शुक्र अस्त हुँदा शुभ कार्य गर्न निषेध गरिन्छ।

यस अवधिमा के गर्न नहुने?

✅ विवाह, व्रतबन्ध, गृहप्रवेश, मूर्ति स्थापना जस्ता शुभकार्य टार्नु पर्ने।

✅ मन्दिर स्थापना, मूर्ति प्राण प्रतिष्ठा, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन समेत गर्न नहुने।

✅ नयाँ घर निर्माण, राजकीय कार्य, तीर्थ यात्रा, कान छेड्ने, बगैँचा निर्माण नगर्नु उचित।

✅ गुरु शुक्र दुवै अस्त भएमा राजकीय कार्य, विशेष परीक्षा, मन्त्र ग्रहण पनि टार्नुपर्ने।

के गर्न सकिन्छ?

✅ नित्य कर्मजस्तै स्नान, जप-तप, पूजा, हवन, तर्पण, श्राद्ध, न्वारन, पास्नी गर्न मिल्ने।

✅ रोग निवारण, ग्रहशान्ति, गोदावरी यात्रा, गयाश्राद्ध जस्ता कर्म सम्भव।

✅ मृत्युसंस्कार, वार्षिक श्राद्ध, मासिक तर्पण, अत्यावश्यक धार्मिक अनुष्ठान गर्न मिल्ने।

शुक्र अस्तको प्रभाव

☑️ वैवाहिक सम्बन्ध—शुक्र ग्रह प्रेम र दाम्पत्य जीवनसँग सम्बन्धित भएकाले यो समयमा विवाह गर्दा वैवाहिक जीवनमा समस्या आउन सक्छ।

☑️ व्यापार-व्यवसाय—यस अवधिमा नयाँ लगानी टार्न सल्लाह दिइन्छ।

☑️ स्वास्थ्य प्रभाव—शुक्र शुक्राणु तथा प्रजनन प्रणालीसँग सम्बन्धित भएकाले प्रजननसम्बन्धी समस्या हुन सक्छ।

धार्मिक मान्यता अनुसार शुक्र अस्त हुँदा शुभकार्य गर्न नहुने मान्यता छ। तर, दैनन्दिन पूजाआजा, श्राद्ध तथा अनिवार्य धार्मिक कार्य भने रोकिन्नन्।


#JigyasaNepal #ShukraAsta #Astrology


  • Jigyasa media

थप