Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत तुल्सीपुरको आदेशबारे सर्वोच्च अदालतले स्पष्टिकरण माग

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

जिज्ञासा नेपाल | काठमाडौं, चैत ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत तुल्सीपुरको आदेशबारे सर्वोच्च अदालतले स्पष्टिकरण मागेको छ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा चैत २२ गते उच्च अदालत तुल्सीपुर, बुटवल इजलासले लामिछानेलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सो आदेशविरुद्ध सर्वोच्चमा परेको पुनरावेदन निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेशको कैफियत प्रतिवेदन मागेको हो।

यसअघि रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले त्यो आदेश बदर गर्दै थुनामा राख्नुपर्ने निर्णय सुनाएको हो। अदालतको भनाइमा लामिछानेलाई थुनाबाहिर राख्दा ठगीमा संलग्न व्यक्तिहरूको मनोबल बढ्ने र पीडित थप पीडित हुने अवस्था आउने भन्दै थुनाको आदेश गरिएको हो।

उक्त आदेशपछि लामिछाने चैत २२ गतेदेखि प्रहरी नियन्त्रणमा छन् र हाल पुर्पक्षका लागि थुनामा राखिएको छ।

स्मरणीय छ, बुटवलस्थित सुप्रिम सहकारीको ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि सरकारी वकिल तथा लामिछाने पक्षबाट उच्च अदालतमा पुनरावेदन भएको थियो।

अब सर्वोच्चले उच्च अदालतको आदेशबारे मागेको कैफियत प्रतिवेदनपछि मुद्दा थप मोडमा प्रवेश गर्ने अनुमान गरिएको छ।

  • Jigyasa media

थप