Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सुनसरीमा साँझको सनसनी : गोली चल्दा दुई जना घाइते, एकको अवस्था गम्भीर

  •   १ वर्ष अघि | १ बैशाख २०८२, सोमवार

इनरुवा, वैशाख १  ।सुनसरीको देवानगञ्ज गाउँपालिका–२, रासीमा सोमबार साँझ अचानक गोली चलेपछि स्थानीयवासी त्रसित बनेका छन्। गोली प्रहारमा परेर दुई जना घाइते भएका छन्।

घाइतेहरूमा २४ वर्षीय रवीन्द्र यादव (देवानगञ्ज–२) र शिवुकुमार मेहता (वडा नं. १) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार यादवको अवस्था सामान्य छ र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। तर, गम्भीर घाइते भएका मेहताको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको बताइएको छ।

तस्करी समूहको झगडाबाट गोली चल्यो ?

प्रहरीले प्रारम्भिक अनुसन्धानमा तस्करीसँग सम्बन्धित समूहबीचको आपसी विवादले गोलीकाण्ड भएको हुन सक्ने आशंका जनाएको छ। गोली चलाउने व्यक्ति भने अझै पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतको भनाइ छ।

  • Jigyasa media

थप