Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

सुडानमा विद्रोही हमला: तीन दिनमै ४०० भन्दा बढी सर्वसाधारणको ज्यान गयो

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

काठमाडौं । सुडानको डारफुर क्षेत्र फेरि एकपटक रक्तरञ्जित बनाएको छ—जहाँ अर्धसैनिक विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (RSF) द्वारा गरिएका भयानक आक्रमणमा ४०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको पुष्टि संयुक्त राष्ट्रसंघले गरेको छ।

संयुक्त राष्ट्रसंघ (UN) का अनुसार उत्तर डारफुरमा रहेको एल–फासर सहर, जुन हालसम्म सुडानी सेनाको नियन्त्रणमा रहेको अन्तिम राज्य राजधानी थियो, त्यसलाई कब्जा गर्ने प्रयासमा RSF ले आक्रमण चर्काएको हो। भोकमरी, विस्थापन र असहायताले भरिएको सहर वरपरका शरणार्थी शिविरहरूमा जमिन र आकाशबाट धावा बोलिएको जनाएको छ।

गत बिहीबारदेखि शनिबारसम्मको अवधिमा मात्रै १४८ जनाको मृत्यु पुष्टि गरिएको भए पनि मृतकको संख्या अझै धेरै हुनसक्ने राष्ट्रसंघको चेतावनी छ।

अप्रिल २०२३ देखि सुरु भएको सत्ता संघर्ष, अहिले मानवीय संकटमा परिणत RSF र सुडानी सेनाबीचको संघर्ष अप्रिल २०२३ बाट सुरू भएको हो, जसले अहिलेसम्म लाखौं नागरिकलाई घरबारविहीन बनाइसकेको छ। बिस्थापित जनताको अवस्था नाजुक बन्दै गएको छ। बीबीसी को विवरणअनुसार, यो द्वन्द्व हाल विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटमध्ये एक बन्न पुगेको छ।

शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय आग्रह

द्वन्द्व तत्काल रोकी शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले आह्वान गरिरहेको भए तापनि, यथार्थमा निर्दोष नागरिकहरू हरेक दिन ज्यान गुमाउन बाध्य छन्। सुडानमा फेरि पनि शान्तिको सूर्य उदाउने कि होइन भन्ने प्रश्न गहिरिँदै गएको छ।

  • Jigyasa media

थप