Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

संविधान उल्लंघन नगर्न पूर्वराजालाई प्रधानमन्त्रीको कडा चेतावनी

  •   २ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानको उल्लंघन नगर्न चेतावनी दिएका छन्। सोमबार प्रतिनिधि सभामा बोल्दै उनले शाहको पछिल्ला गतिविधिले जनमत भड्काउने प्रयास भइरहेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले चैत १५ गते समाजवादी मोर्चाको कार्यक्रम र तीनकुने घटनालाई जोड्दै भने, “पूर्वराजाले कथित जनकमाण्डर तोकेर हिंसा भड्काउने काम गर्नुभएको छ। यो संविधान र सहमतिको उल्लंघन हो।”

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही

प्रधानमन्त्री ओलीका अनुसार तीनकुने घटनामा संलग्नहरुमाथि कडा प्रशासनिक कारबाही हुनेछ। उनले भने, “त्यस दिन आयोजकहरूले प्रशासनलाई जानकारी दिएअनुसार कार्यक्रम चलाएनन्। प्रतिबन्धित क्षेत्रमा जबर्जस्ती भीड जम्मा पारियो, प्रहरीमाथि आक्रमण गरियो, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरियो। यस्ता आपराधिक गतिविधिमा जोसुकै संलग्न भए पनि कारबाही हुन्छ।”

सरकारले घटनाका योजनाकार को हुन् भनेर छानबिन अघि बढाइसकेको जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने, “सरकार, व्यवस्था र संविधानप्रति अनास्था फैलाउने तत्व पहिलेदेखि सक्रिय थिए। हालको घटनामा पूर्वराजा शाह स्वयं संलग्न देखिएका छन्।”

संविधानसभाको निर्णय उल्लंघन नगर्न चेतावनी

प्रधानमन्त्री ओलीले पूर्वराजालाई संविधानसभा पछि भएको सम्झौताप्रति प्रतिबद्ध रहन आग्रह गरे। उनले स्मरण गराउँदै भने, “तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग भएको सहमतिअनुसार नागरिकको हैसियतमा शान्तिपूर्ण जीवन बिताउने, कानुनी अधिकार प्रयोग गरी व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको सुरक्षाका लागि सरकारले व्यवस्था गर्ने सहमति भएको थियो। तर, अहिले उहाँ स्वयं अस्थिरता निम्त्याउने क्रियाकलापमा संलग्न देखिनु दु:खद छ।”

प्रधानमन्त्री ओलीले संसद्, सरकार र लोकतान्त्रिक शक्तिहरू संविधान कार्यान्वयनमा दृढ रहनुपर्ने उल्लेख गरे। "संविधान अस्वीकार गर्ने, लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइनेछ," उनले भने।


  • Jigyasa media

थप