Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

माबि सौडियारमा छात्राबासमा तयारी, SEE विद्यार्थीका लागि नयाँ पहल

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

दाङ – यस वर्षदेखि माबि सौडियार माध्यमिक विद्यालयले SEE परीक्षामा सहभागी विद्यार्थीलाई छात्राबासमा राखेर पढाइ व्यवस्थापन गर्ने निर्णय गरेको छ।

विद्यालय व्यवस्थापन समितिको हालै सम्पन्न बैठकले यस योजना पारित गरेको हो। बैठकमा विद्यालयका प्रअ नन्दबहादुर वलिले आगामी परीक्षाका लागि विद्यार्थीको सिकाइस्तर सुधार्न छात्राबास प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे।

बिब्यस अध्यक्ष निशानदाजु भट्टराईको नेतृत्वमा बसेको बैठकले शिक्षकलाई पालैपालो छात्राबासमा खटाएर पठनपाठन थप व्यवस्थित बनाउने निर्णय गरेको छ। सहायक प्रअ दामोदर पाण्डेले विद्यालयको यस कदमले विद्यार्थीको सिकाइमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको बताए।

विद्यालयले यस निर्णय कार्यान्वयनका लागि तयारी सुरु गरिसकेको छ। छात्राबास सञ्चालनसँगै विद्यार्थीलाई अतिरिक्त शैक्षिक सहायता उपलब्ध गराईने प्रअ वलिले जानकारी दिए।

विद्यालयले यो पहिलोपटक छात्राबासमार्फत अध्ययनको व्यवस्था गर्न लागेको हो, जसले ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर सुधारमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।


  • Jigyasanepal

थप