Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

ताप्लेजुङमा पाथीभरा केवलकार निर्माणको शिलान्यास सम्पन्न, १५ महिनाभित्र सञ्चालनमा आउने लक्ष्य

  •   २ वर्ष अघि | २४ कार्तिक २०८१, शनिबार

काठमाडौं — ताप्लेजुङको प्रख्यात धार्मिक स्थल पाथीभरा मन्दिरसम्म पुग्नका लागि प्रस्तावित केवलकार परियोजनाको शिलान्यास शुक्रबार सम्पन्न भएको छ। संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माण कार्यको औपचारिक शुरुवात गरेका हुन्।

उल्लेख्य राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको यो कार्यक्रममा पाथीभरा देविको जयजयकारसहित केवलकार निर्माणको सुरुवात गरिएको थियो। निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमका अनुसार निर्माण कार्य द्रुत गतिमा अघि बढाइनेछ।

केवलकार परियोजनालाई ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग मात्र नभई, कोशी प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार बनाउने योजना रहेको नगरप्रमुख मादेनले बताए। परियोजनाले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा टेवा पुर्याउने, साथै स्थानीय पर्यावरणमा पनि सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।

केबलकार निर्माणको क्षेत्रका केही रूखहरू पहिले नै हटाइसकिएको र अब १५ महिनाभित्र पाथीभरा मन्दिरसम्म केबलकार सञ्चालन हुने योजना रहेको कम्पनी सञ्चालक रुद्र पौडेलले जानकारी दिए।


  • Jigyasa media

थप