Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सिन्धुलीमा बाढीले ३३ जना फसाए, पाँच घर बगायो

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

सिन्धुली: लगातारको वर्षापछि आएको बाढीले सिन्धुलीको सुनकोशी र रोशी नदी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। सुनकोशी गाउँपालिका-१, दुम्जामा रहेको आदी लिङ्गेश्वर कुशेश्वर महादेव गुरुकुलमा २६ जना बटुकसहित ३३ जना बाढीले बीच भागमा फसेका छन्। त्यहाँ रहेका पक्की घरहरूमध्ये पाँचवटा घर बगाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फसेका व्यक्तिहरूमा २६ बटुक, ३ शिक्षक, २ कर्मचारी र अन्य रहेका छन्। मन्दिर जाने मार्ग पूर्ण रूपमा बगाएकोले उद्धारमा कठिनाइ भइरहेको छ। अहिले रोशी नदीमा बाढी नघटेकाले उद्धारमा थप चुनौती उत्पन्न भएको प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

स्थानीय पार्वती श्रेष्ठलगायत अन्यको घर तथा व्यवसायमा ठूलो क्षति पुगेको छ। बाढीका कारण सिन्धुलीको मुख्य राजमार्गहरू समेत अवरुद्ध भएकाछन्।


  • Jigyasanepal

थप