Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सिरहामा आपसी विवादपछि साथीको हत्या गर्ने पाँच जना पक्राउ

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

सिरहा, ५ कात्तिक – आपसी विवादकै कारण आफ्नै साथीको हत्या गरेको आरोपमा सिरहामा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले गोलबजार नगरपालिका-१३, डंगराहा टोलका सन्तोष कुमार महरा, रोहित कुमार महरा, धर्मेन्द्र महरा, धिरज कुमार राम, र मोहमद जमसेदलाई पक्राउ गरिएको जानकारी दिएको छ। उनीहरूलाई आफ्नै साथी कृष्ण कुमार महराको हत्या गरेको आरोप लागेको हो।

असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका-१०, शिवचौकस्थित दुर्गा पूजाको मेलामा पुगेका थिए। त्यहाँ अन्य साथीहरूसँग भेट भएपछि उनीहरूले गाँजा र नशालु औषधि सेवन गरेका थिए। प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, कृष्णले एक महिला साथीलाई भेट्न बोलाएको थियो, तर अन्य साथीहरूले पनि भेट्ने इच्छा देखाउँदा कृष्णले इन्कार गरेका थिए। यही विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो, जसले हत्या योजना सम्मको रूप लियो।

हत्या योजना अनुसार, मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, सन्तोष कुमार महरा, र रोहित कुमार महराले कृष्णलाई चारैतिरबाट घेरा हालेर धारिलो कैंचीले उनको घाटी र पेटमा क्रुर आक्रमण गरेका थिए। घटनापछि अभियुक्तहरूले गागन खोलाको किनारमा खाल्डो खनी शवलाई बालुवाले छोपेर फरार भएका थिए।

असोज २८ गते कृष्णको शव फेला परेको थियो, जसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आफ्नै साथीहरूबाट हत्या भएको पुष्टि गरेको थियो। शुक्रबार अभियुक्तहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप