Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड ठेक्का रद्द, पुनः ठेक्का प्रक्रिया अघि बढाइने

  •   १ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरिएको छ। भक्तपुर सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चार किलोमिटर लम्बाइको सडक विस्तारको ठेक्का रद्द गरिएको जनाएको छ।

निर्माणमा ढिलाइ, ठेकेदार कम्पनीको लापरबाही

गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० गते रु २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० चैत १९ सम्म काम सकिनु पर्ने भए पनि ११ महिनासम्म म्याद गुज्रँदा समेत निर्माण कार्य अलपत्र परेको थियो। पछिल्लो वर्षदेखि त निर्माण पूर्ण रूपमा रोकिएको थियो।

संसदीय अनुगमन र ठेकेदारलाई स्पष्टीकरण

यात्रुहरू र स्थानीयवासीहरूले पटकपटक गुनासो गरेपछि संसद्को पूर्वाधार समितिले सडक अनुगमन समेत गरेको थियो। पटकपटक ताकेता गरिए पनि ठेकेदार कम्पनीले कुनै ठोस कार्यसम्पन्न नगरेपछि माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको थियो। तर, प्राप्त लिखित जवाफ चित्तबुझ्दो नभएपछि ठेक्का पूर्ण रूपमा रद्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिए।

नयाँ ठेक्का प्रक्रियाको तयारी

कार्यालयले एक-दुई हप्ताभित्र पुनः ठेक्का खोल्ने योजना बनाएको छ। भौतिक र वित्तीय प्रगतिका आधारमा नयाँ ठेक्का व्यवस्थापन गरिने बताइएको छ। हालसम्म २५ प्रतिशत मात्र वित्तीय प्रगति भएको देखिएको छ।

धुलिखेल–खावा सडक : अपूर्ण निर्माणले यात्रुहरू मर्कामा

हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङ र केही स्थानमा नाली तथा ड्रेन–वाल निर्माणको काम भएको छ। तर, जिपलाइनदेखि खावा खण्डसम्मको सडक खाल्डाखुल्डी मात्रै भएको छ भने करिब एक किलोमिटर क्षेत्रमा कटिङ नै पूरा भएको छैन।

गत वर्ष सुरु गरिएको बेस र सब-बेस निर्माण कार्य वर्षाको कारण बिग्रिएर खण्डहरजस्तै बन्न पुगेको थियो। समयमै निर्माण सम्पन्न नहुँदा दुई वर्षदेखि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ।

नयाँ प्रविधिसहित मजबुत सडक निर्माणको योजना

सडक डिभिजन कार्यालयले यस सडकलाई १२ मिटर फराकिलो पार्दै, पहिलोपटक ग्राभेलमाथि २० सेमि बाक्लो सिमेन्टयुक्त बेस हाल्ने योजना बनाएको थियो। साथै, डिबिएम (DBM) र आस्फाल्ट प्रविधि प्रयोग गरी दुई चरणमा कालोपत्रे गर्ने योजना छ।

यो सडक खण्ड अरनिको राजमार्ग हुँदै चीनसँगको उत्तरी नाका (तातोपानी), दोलखा र रामेछाप जोड्ने मुख्य मार्ग भएकाले यसको निर्माणलाई उच्च प्राथमिकता दिइएको छ। ठेक्का रद्द भइसकेपछि अब नयाँ निर्माण योजनासहित प्रक्रिया अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ।


  • Jigyasa media

थप