Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

२४ वर्षपछि श्रीमतीलाई बेचेको आरोपमा सुर्खेतका एक व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

सुर्खेत/ श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले २४ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्। २०५७ सालमा उनले श्रीमती नामसरादेवी कँडेललाई भारतको गोरखपुरमा एक भारतीय नागरिकलाई बेच्ने प्रयास गरेका थिए।

प्रहरीका अनुसार भक्तबहादुरले २०५७ सालमा नामसरालाई भारत पुर्‍याएर १५ हजार भारुमा बेच्ने योजना बनाएका थिए। नामसरा भागेर भारतीय प्रहरीको शरणमा पुगेपछि, उनलाई नेपाल फर्काइएको थियो। त्यसबेलादेखि फरार रहेका भक्तबहादुरलाई हाल सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले फरार अभियुक्तहरूको खोजतलासलाई प्राथमिकता दिएको छ, र भक्तबहादुरको घरमै लुकीछिपी बसेको सुराकीका आधारमा उनलाई पक्राउ गरिएकोहो।


  • Jigyasa media

थप