Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आजको दिन तिहारको पर्व किन छैन ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्पष्टोक्ति

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ, कात्तिक १६ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६, शुक्रबारको दिन कुनै पनि तिहारको पर्व नपरेको जानकारी दिएको छ। यद्यपि, आज औंसी भए पनि तिथिको घटबढका कारण आजको दिन कुनै पर्व पर्दैन। समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो वर्ष तिथिको परिवर्तनका कारण औंसीको बेला सूर्योदय भएकाले आज पर्व परेको छैन।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा बिहीबार कुकुर पूजा र लक्ष्मी पूजाको पर्व सम्पन्न भएको र शनिबार अर्थात् कात्तिक १७ गते गाई पूजा, गोवर्धन पूजा, बलि पूजा, हली तिहार, म्ह पूजा, र नेपाल संवत् ११४५ को प्रारम्भसमेत गरिने उल्लेख छ।

यस वर्ष तिथिका घटबढका कारण तिहार ६ दिनसम्म लम्बिएको छ। शनिबार गाई पूजा तिहारको विशेष दिन रहेको भन्दै समितिले गाई पूजा शनिबार नै गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताएको छ।

तिहारको अन्तिम दिन, कात्तिक १८ गते आइतबार, दाजुभाइले टीका ग्रहण गरेपछि यो चाड समापन हुनेछ। टीकाको साइत बिहान ११:३७ मा रहेको समितिले जनाएको छ।

यस प्रकार, आज कुनै विशेष तिहारको पर्व नपरेको समितिले स्पष्टपारेको छ।


  • Jigyasa media

थप