Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सुन्दरीजलमा युवतीको हत्या, दुई पक्राउ

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा एक महिलाको हत्या आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीय रामविनय महरा र २४ वर्षीय सन्तोष राम महरा रहेका छन्। 

प्रहरीले बिहीबार सुन्दरीजलमा ढुंगाको चेपमा महिलाको शव शंकास्पद अवस्थामा फेला पारेपछि अनुसन्धान थालेको थियो। प्रारम्भिक जानकारी अनुसार, ती महिला मजदूरी गरेर गुजारा चलाउने सिराहाकी राम दुलारी भएको प्रहरीको भनाइ छ। 

अनुसन्धानका क्रममा प्राविधिक र मानवीय सूचनाको आधारमा शनिबार बसुन्धारा क्षेत्रबाट दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यद्यपि, मृतकको परिवार हालसम्म सम्पर्कमा आएको छैन। 

प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धकै कारण हत्या भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी रहेको छ।

  • Jigyasa media

थप