Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

  •   २ वर्ष अघि | २१ माघ २०८१, सोमवार

काठमाडौं — ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी विवाद समाधान गर्न सरकारले वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित उक्त टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र सहरी विकास मन्त्रालयका प्रतिनिधिहरूसमेत सहभागी छन्।

वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्नेछ भने आन्दोलनरत पक्षलाई संवादमार्फत् समाधान खोज्न आग्रह गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा सहभागिता जनाउन अपिल गरिएको छ।

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ तथा छिमेकी जिल्लाका प्रतिनिधिसभा सदस्यहरूसँग निरन्तर संवाद गर्दै समस्या समाधानका लागि पहल भइरहेको स्पष्ट पारेका छन्। साथै, केवलकार निर्माणसम्बन्धी नीति, कानून र मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले स्थानीय सरोकारलाई ध्यानमा राखी सबै पक्षहरूसँग समन्वय गरिने मन्त्रालयले जनाएको छ।


  • Jigyasa media

थप