Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बाघ आतंकले प्रताडीत बन्दै भुम्लूका पशुपालक किसान, दिउँसो र राति दर्जन बढी बाख्रा मारिदिएपछि

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

काभ्रे । भूम्लू गाउँपालिका-१, भोटेटार माझिगाउँका पशुपालक किसान अहिले बाघ आतंकले त्रसित छन्। स्थानीय समाजसेवी होमराज माझीका अनुसार, नरबहादुर माझीको गोठबाट हिजो राति तीनवटा बाख्रा र आज राति पाँचवटा बाख्रा बाघले मारेको छ। यसअघि पनि भारती टोलमा दिउँसै चराउन लगिएको साइँला भारतीको बाख्रालाई बाघले आक्रमण गरिसकेको थियो।

बाघको आक्रमणबाट रामकुमार माझी र गीता भारतीका खसी-बाख्रा समेत मारिएका छन्। पशु बीमा नगरेकाले उनीहरू थप आर्थिक मारमा परेका छन्। दैनिक गुजाराका लागि सीमित स्रोतमा निर्भर यी किसानहरू बाघ आतंकका कारण थप समस्यामा छन्। कहिले दिउँसै चराउन लग्दा त कहिले बेलुका गोठमै बाघले आक्रमण गर्ने गरेको छ।


स्थानीयहरूले आफूहरू मात्र नभई बालबच्चा समेत असुरक्षित महसुस गरिरहेको गुनासो गरेका छन्। उनीहरूले वडाअध्यक्ष तथा गाउँपालिकालाई सुरक्षाका लागि पहल गर्न माग गरेका छन्। क्षति भएको बाख्राको थोरै भए पनि राहत उपलब्ध गराउन स्थानीयहरूले माग गरेका छन् । 

पछिल्लो समय बाघको आक्रमण ग्रामीण क्षेत्रमा फैलिदै गएको छ । यसबारे गम्भीर ध्यान दिनु आवश्यक छ, किनकि बाघ आतंकले पशुपालन व्यवसायलाई नै थप संकटमा पार्ने खतरा समेत रहेको बताइन्छ ।


  • Jigyasa media

थप