Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तीनकुने हिंसाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ भारतमा पक्राउ, नेपाल ल्याउने तयारी

  •   १ वर्ष अघि | २८ चैत्र २०८१, बिहिबार

काठमाडौँ, चैत २८ — काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईँ भारतको आसाम राज्यबाट पक्राउ परेका छन्। उनीलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन दुर्गा प्रसाईँको नेतृत्वमा हिंसात्मक बनेको थियो। उक्त घटनामा दुईजनाको मृत्यु हुनुका साथै सार्वजनिक सम्पत्तिमा विस्तृत तोडफोड, आगजनी र लुटपाट भएको थियो। त्यसयता उनी फरार थिए।

प्रहरीका अनुसार, प्रसाईँ भारततर्फ भागेको सूचना पाएपछि विभिन्न प्रविधि र स्रोतमार्फत लोकेसन ट्र्याक गरेर उनलाई पहिचान गरिएको हो। फरार अवस्थामै उनले सामाजिक सञ्जालमा दुईवटा भिडिओ समेत सार्वजनिक गरेका थिए, जसले प्रहरीले उनको अवस्थाबारे खोजी कार्यलाई सघाएको थियो।

प्रसाईँको परिवारले पनि उनी भारतको आसाममा प्रहरी सम्पर्कमा पुगेको पुष्टि गरेको छ। यद्यपि, परिवारका सदस्यले पक्राउ नभई सुरक्षाको लागि स्वयं प्रहरी सम्पर्कमा पुगेको दाबी गरेका छन्।

स्रोतका अनुसार, दुर्गा प्रसाईँसँगै भागेका उनका सहयोगीहरू भने आफैं नेपाल फर्किंदै छन्।

घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि उनलाई नेपाल ल्याइएपछि औपचारिक प्रक्रिया र कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

  • Jigyasa media

थप