Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने, स्थगित गरिएको भनी फैलिएका सूचना भ्रामक: परीक्षा बोर्डको स्पष्टिकरण

  •   १ वर्ष अघि | ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने स्पष्ट पारेको छ।

हाल सामाजिक सञ्जालमा परीक्षा स्थगनसम्बन्धी अनाधिकृत सूचना फैलिएकोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सन्देशहरूले विद्यार्थीहरूमा अनावश्यक त्रास र भ्रम उत्पन्न गराइरहेको भन्दै बोर्डले त्यस्ता सूचनाहरूमा विश्वास नगर्न अनुरोध गरेको छ।

बोर्डले परीक्षासम्बन्धी कुनै पनि सूचना आफ्नो आधिकारिक वेबसाइटमार्फत मात्र सार्वजनिक गर्दै आएको र आगामी दिनहरूमा पनि यस्तै ढाँचामा सूचना प्रवाह गरिने जनाएको छ।

बोर्डले भनेको छ, “अन्य स्रोतबाट आउने अपुष्ट समाचार र अफवाहमा भर नपरी अध्ययनमा ध्यान केन्द्रित गर्न सबै विद्यार्थीलाई आग्रह गर्दछौं।”यसै क्रममा बोर्डको नाममा नक्कली लेटरप्याड र स्क्यान गरिएको हस्ताक्षर प्रयोग गरी फैलाइएको सूचनाप्रति आपत्ति जनाउँदै साइबर अपराध अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको समेत स्पष्ट गरिएको छ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा प्रधानाध्यापकहरूसँग सहकार्य गर्दै परीक्षा सहज वातावरणमा सञ्चालन गर्न बोर्ड प्रतिबद्ध रहेको जनाएको छ।

  • A

थप