Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भिर बाट लडेर दुईको ज्यान गयो

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

जिग्यासा नेपाल | २०८२ वैशाख ७, आइतबार देशका दुई फरक भेग हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाले ज्यान गुमाएका छन्।

हुम्लाको खार्पुनाथ गाउँपालिका–७, गोक्पा गाउँ नजिकको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया नानी ऐडीको शनिबार दिउँसो ज्यान गएको हो। वन क्षेत्रमा बाख्रा चराउने क्रममा अचानक लडेकी उनको घटनास्थलमै मृत्यु भएको आफन्त पूर्ण बुढाले पुष्टि गरेका छन्।त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका–१, पिपरतुङमा ६५ वर्षीय कृष्णबहादुर चिदीको पनि भिरबाट खसेर निधन भएको छ।

घर नजिकैको बेलटारीस्थित पूजास्थल जान भनेर हिँडेका उनी अबेरसम्म नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए। खोजीका क्रममा उनको शव घरबाट झण्डै ३०० मिटर पश्चिमको भिरबाट करिब २०० मिटर तल फोक्सिखोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

यी दुबै घटनाले विकट ग्रामीण भेगमा दैनिक जीवनमा लाग्ने सामान्य यात्रासमेत कति जोखिमपूर्ण बन्न सक्छ भन्ने कुरालाई पुनः स्मरण गराएको छ ।

  • T

थप