Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

देशका अधिकांश पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदली रहने

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

काठमाडौं, वैशाख ८ – देशका अधिकांश पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदलीको स्थिति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मौसम केही अस्थिर रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने सम्भावना छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने संकेत पनि देखिएको छ।

रातिको मौसम आज रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागहरूमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना कायम रहनेछ।चट्याङ र हल्का वर्षाको सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेषगरी उच्च पहाडी यात्रामा निस्कन लाग्नेलाई मौसमको अवस्था बुझेर मात्र यात्रा तय गर्न सुझाव दिइएको छ।

  • R

थप