Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भारतको कडा कदम : पाकिस्तानस्थित दूतावास बन्द, कुटनीतिज्ञहरूलाई देश छाड्न ४८ घण्टाको समय

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

वैशाख १०, २०८२ | काठमाडौं जम्मु–कश्मीरको पहलगाममा भएको भीषण आतङ्ककारी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कूटनीतिक कदम चालेको छ। भारत सरकारले पाकिस्तानस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गर्नुका साथै भारतस्थित पाकिस्तानी कुटनीतिज्ञहरूलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मन्त्रिपरिषद् समिति (CCS) को आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो। बैठकले सिन्धु जल सम्झौता स्थगन गर्ने निर्णय समेत लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसैगरी, भारतले अटारी सीमाबाट हुने द्विपक्षीय आवतजावत तत्कालका लागि बन्द गरेको छ। अबदेखि सार्क सम्झौता अन्तर्गत पाकिस्तानी नागरिकहरूलाई भारत प्रवेशका लागि भिसा नदिइने समेत निर्णयमा उल्लेख गरिएको छ।

घटनाको पृष्ठभूमिमा, पहलगाममा भएको आतङ्ककारी आक्रमणमा हालसम्म २७ जनाको ज्यान गएको पुष्टि भएको छ, जसमा एक नेपाली नागरिकको पनि मृत्यु भएको भारतीय गृह मन्त्रालयले जनाएको छ। आक्रमणमा २० भन्दा बढी घाइते छन्।

भारतले आक्रमणको प्रत्यक्ष दोष पाकिस्तानलाई दिँदै अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चहरूमा समेत आक्रोश पोख्ने तयारी गरेको छ। यससँगै भारत–पाकिस्तानबीचको सम्बन्ध झनै तिक्त बन्दै गएको देखिएको छ। उता पाकिस्तानले पनि सीमा क्षेत्रमा सैन्य तयारीलाई सतर्क अवस्थामा राखेको जनाएको छ।

स्थिति यथास्थितिमा रहिरहे दुई देशबीचको तनाव अझ उग्र रूप लिन सक्ने संकेत देखिन थालेको छ।

  • H

थप