Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तराई तताउँदै गर्मी, भैरहवामा तापक्रम ४२ डिग्रीसम्म पुग्ने सम्भावना

  •   १ वर्ष अघि | १२ बैशाख २०८२, शुक्रबार

काठमाडौं । देशभर गर्मीको चपेटा बढ्दै जाँदा तराई क्षेत्रमा तातो हावाको लहर सक्रिय देखिएको छ। भैरहवा, नेपालगञ्ज र धनगढी जस्ता ठाउँमा तापक्रम ४० देखि ४२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको अधिकांश भूभागमा मौसम खुला रहनेछ। तर, दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली हुने देखिएको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार, “लुम्बिनी र मधेस प्रदेशका थुप्रै स्थानमा तातो हावा चलिरहेको छ। गर्मी अझै बढ्ने सम्भावना छ। भैरहवामा आज तापक्रम ४२ डिग्रीसम्म पुग्न सक्नेछ।”

राजधानी काठमाडौंमा हिजोको तापक्रम ३३.५ डिग्री मापन गरिएको थियो भने आज ३२ देखि ३४ डिग्री पुग्ने अनुमान गरिएको छ।

यता, कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने, एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशको केही हिमाली भूभागमा र कोसी प्रदेशको हिमाली क्षेत्रमा समेत हल्का हिमपातको सम्भावना पनि गरिएको छ।

रातिको समयमा पनि यी पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको बाँकी भूभागमा मौसम खुल्ला रहने विभागले जनाएको छ।

  • H

थप