Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

श्रमिकको रोजगार ग्यारेन्टी गर्न शिप प्रवर्द्धन गर्दै रोजगार सेवा केन्द्र पनौती

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

पनौती काभ्रे वैशाख १५। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  रोजगार सेवा केन्द्र बाट "श्रमको सम्मान, राष्ट्रको अभियान" शीर्षकमा एकदिने अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार सेवा केन्द्रले गरेको काम बारे समीक्षा सहित को छलफलमा थप काम पुन श्रम स्वीकृति समेत गरिरहेको बताइएको छ । श्रमिकहरुको रोजगार सुनिश्चित गर्न उनीहरूलाई रोजगारीमा संलग्न हुने गरी विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको छ ।

रोजगार सेवा केन्द्रको गतिविधि सहितको जानकारी दिन छलफल  पनौती नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा श्रमिक अधिकार र वैदेशिक रोजगारसम्बन्धी महत्त्वपूर्ण दुई विषयमा विशेषज्ञ प्रशिक्षकहरूले गहन प्रस्तुति समेत दिएका थिए। गोष्ठीको पहिलो सत्रमा "सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान, लाभ, सहभागी हुनु पर्ने कारणहरू तथा आवद्ध हुने प्रक्रिया र फाइदाहरू" विषयमा बिस्तृत जानकारी प्रस्तुत गरिएको थियो।


त्यसपछि दोस्रो सत्रमा "वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था तथा वैदेशिक रोजगारको वर्तमान अवस्था र सम्भावना" विषयमा व्यापक छलफल गरियो। प्रशिक्षकहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य कानुनी जानकारी, सुरक्षाका उपायहरू र सम्भावित अवसरहरूबारे जानकारी गराएका थिए। कार्यक्रममा पनौती नगरपालिकाका कर्मचारी, रोजगार सेवामा आबद्ध कर्मचारीहरु, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीय श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माले गर्नुभएको थियो। अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख गीता बन्जराले श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने र सुरक्षित वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्दै दक्ष जनशक्ति उत्पादनका लागि सिपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रोजगार संयोजक बसन्ती सुवेदीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारीहरू मध्ये आर्थिक वर्ष २०८१/८२ मा ३५ जनालाई कार्यस्थलमा आधारित सीप क्षमता विकास तालिम र जीवन उपयोगी सीप तालिम ५० दिन सञ्चालन भइरहेको छ। जसमा २० जना डकर्मी ( Masson) र १५ जनाले प्लम्बिङको तालिम लिइरहेका छन्। ३९ जनाले अन्य सिंचाई, सडक मर्मत, गोरेटो बाटो जस्ता आयोजनामा संलग्न रहेर कार्य गरिने बताइएको  छ । जसमा उनीहरूले वैदेशिक रोजगारीमा गए पनि अब निर्धक्क काम गर्न सक्ने गरी लाभान्वित हुने छन् । शाखाबाट पुन श्रम स्वीकृति को काम समेत संचालन भइरहेको छ ।

शाखा प्रमुख सुवेदीले छलफल कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रशिक्षक दिनेश कुमार कोइराला र वैदेशिक रोजगार बोर्ड सचिवालयका शाखा अधिकृत कल्पना खनाल रेग्मीले श्रमिकहरूलाई सम्बन्धित विषयमा विशेष प्रशिक्षण दिएका थिए।

पनौती नगरपालिकाले श्रमिक हकहित र सुरक्षित रोजगारी प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।

  • J

थप