Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

अक्षय तृतीया आज : स्नान, दान र साधनाको अद्वितीय पर्व देशभर मनाइँदै

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

बुधबार, वैशाख १७, २०८२ काठमाडौं

सनातन वैदिक परम्पराअनुसार आज वैशाख शुक्ल तृतीयाका अवसरमा देशभर अक्षय तृतीया पर्व श्रद्धापूर्वक मनाइँदैछ। प्रत्येक वर्षको यो तिथि धर्म, दान र साधनाको अक्षय फल प्राप्त हुने दिनका रूपमा मनाइने गरिन्छ।

शास्त्रीय परम्पराअनुसार आज बिहानै स्नान गरी घरको सरसफाइपछि पूजाको तयारी गरिन्छ। कलश, गणेश र भगवान् विष्णुको पूजन गरिँदै अष्टदल लेखिएको तामाको थालीमा सोह्र सामग्रीद्वारा पूजा गर्ने चलन छ।

यस दिन सातु र सर्वतको दान विशेष महत्व बोकेको हुन्छ। जौको सातु, मिश्री, चिनी, दालचिनी, अलैँची, ल्वाङ र सुकुमेल मिसाएर बनाइएको सर्वत तामा वा माटोको भाँडामा राखी दान गरिन्छ। धर्मशास्त्रविद् तथा वाल्मीकि विद्यापीठका प्रा. डा. देवमणि भट्टराईका अनुसार, "शरीर रक्षा धर्मको मूल हो" भन्ने मान्यता अनुसार गर्मीमा उपयोगी यी वस्तुहरू दान गर्नु धार्मिक र स्वास्थ्य–दुबै दृष्टिले लाभदायक मानिन्छ।

डा. भट्टराई भन्छन्, “आजको दिन थोरै दानले पनि ठूलो पुण्य मिल्छ। शरीरलाई तन्दुरुस्त राख्न सातु र सर्वत अमृत समान मानिन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि गर्छ।”

धर्मग्रन्थअनुसार, सत्ययुगमा आजकै दिन महादेव र पार्वतीको विवाह भएको विश्वास गरिन्छ। यसैले आज विवाहको लागि साइत नहेरी लग्न गर्नु पनि शुभ मानिन्छ। साथै, त्रेतायुगको आरम्भ पनि यही दिनबाट भएको उल्लेख पुराणहरूमा पाइन्छ।

आज दान गरिने घडालाई ‘धर्मघटादि दान’ भनिन्छ। यस अवसरमा बूढाबूढीलाई छाता, लौरो, चप्पल जस्ता उपयोगी सामग्री दान गर्ने, गच्छे अनुसार गाई, अन्न, सुन वा जमिनसमेत सत्पात्रलाई दान दिने परम्परा छ। पछिल्लो समयमा असहाय तथा विपन्न वर्गलाई दान गरिने चलन पनि बढ्दो छ।

यसरी, शास्त्रीय वचन अनुसार, आज गरिएको पुण्यकर्म नाशरहित हुन्छ, त्यसैले यस तिथिलाई ‘अक्षय तृतीया’ भनिएको हो। यो दिन कर्म, श्रद्धा र समर्पणमार्फत स्थायी फल प्राप्त हुने विश्वासमा आधारित छ।

  • Jigyasanepal

थप