Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

तनहुँमा बस दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

  •   २ वर्ष अघि | १८ माघ २०८१, शुक्रबार

तनहुँ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसय मा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु, जबकि १३ जना घाइते भएका छन्।

चितवनको भरतपुर निवासी २२ वर्षीया सुमिना सापकोटा को दुर्घटनापछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। उनलाई आँबुखैरेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख २९९९ नम्बरको बस अनियन्त्रित भई सडक किनारको कल्भर्टमा पल्टिएको थियो। घटनापछि ३५ वर्षीय बस चालक रविन्द्र घले लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको अवस्था

दुर्घटनामा कैलाली, धनगढी, तनहुँ, गोरखा, कास्की र लमजुङका १३ यात्रु घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नारायणी सामुदायिक अस्पताल चितवनमा पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।


#BusAccident #Tanahun #NepalNews


  • Jigyasa media

थप