Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज राति वर्षाको संकेत, भोलि शनिबार झन् तीव्र हुने अनुमान

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं, वैशाख १९ । देशका अधिकांश भागमा शुक्रवार राति पानी पर्ने सम्भावना देखिएको छ भने शनिबार झन् मौसम सक्रिय रहने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज राति कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना उच्च देखिएको छ। साथै ती प्रदेशका हिमाली क्षेत्रमा हिमपातसहित हल्का वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ।

शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा मौसमी गतिविधि अझ सशक्त हुने बताइएको छ। ती क्षेत्रका थोरै स्थानमा तथा अन्य भागका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र चट्याङसहितको मौसमी सक्रियता देखिने सम्भावना छ। हिमाली क्षेत्रहरूमा पनि शनिबार हल्का हिमपातको सम्भावना यथावत् रहनेछ।

हालको मौसमी परिस्थिति अनुसार, देशभरि पश्चिमी वायुसँगै स्थानीय वायु प्रणालीको प्रभाव क्रियाशील छ। साथै बंगालको खाडीबाट आएको नमीयुक्त हावाले पनि आंशिक असर पारेको महाशाखाले जनाएको छ ।

  • Jigyasanepal

थप