Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

‘अपरेसन सिन्दुर’ : भारतको हवाई कारबाही, पाकिस्तानका ९ स्थानमा आक्रमण

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

बैशाख २४, काठमाडौं | जिज्ञासा नेपाल

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्त कश्मीरका विभिन्न स्थानमा लक्षित सैन्य कारबाही गरेको छ। भारतीय सेनाले उक्त कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ।

भारतीय रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २५ भारतीय र १ नेपाली नागरिकको ज्यान गएको घटनाको जवाफी कारबाहीस्वरूप पाकिस्तानभित्र रहेका आतंकवादी पूर्वाधारमाथि आक्रमण गरिएको हो।

भारतीय सेनाका अनुसार, यस अपरेसनमा ९ स्थानलाई लक्षित गरिएकामा ती सबै आतंकवादी गतिविधिमा संलग्न पूर्वाधार रहेका थिए। भारतले सैन्य प्रतिष्ठानमाथि भने आक्रमण नगरेको स्पष्ट पारेको छ। “निसानाको छनोट र कारबाहीको प्रकृतिमा उच्च सतर्कता र संयमता अपनाइएको छ,” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।

यसअघि पाकिस्तानी सञ्चारमाध्यमले आफ्नो सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतबाट क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेका थिए। पाकिस्तानका विभिन्न क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनिएको समाचारहरू आएका छन्।

पाकिस्तानी सेनाले भने घटना सम्बन्धमा तत्काल औपचारिक प्रतिक्रिया दिँदै, आफूले उचित समयमा जवाफ दिने चेतावनी दिएको छ। अहिलेसम्म घटनाबाट भएको क्षति, घाइते वा मृतकको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। अन्तर्राष्ट्रिय समुदायले घटनाको नजिकबाट निगरानी गरिरहेको जनाइएको छ।

  • Jigyasanepal

थप