काभ्रे, वैशाख २८ । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ स्थित इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरेर फर्किंदै गरेको एक टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटना आइतबार विहान करिब ३ बजे भएको हो। बा ४ ख ३३६३ नम्बरको टिपर उकालो चढ्ने क्रममा अचानक ब्याक भएर सडकबाट करिब १०० मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–७ निवासी ४८ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै ज्यान गएको काभ्रेको हिगुवापाटी प्रहरी चौकीले पुष्टि गरेको छ।
घटनास्थलमा प्रहरी टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुमान अनुसार टिपरले अत्यधिक लोड बोकेको हुनसक्ने र उकालोमा स्टार्ट पावर गुमाउँदा गम्भीर दुर्घटना भएको हुनसक्ने देखिएको छ।
स्थानीयवासीका अनुसार उक्त स्थान पूर्वमै ‘जोखिमपूर्ण घुम्ती’को रूपमा चिनिन्छ, जहाँ विगतमा पनि सवारी दुर्घटनाहरू भएका थिए। तर आवश्यक सुरक्षात्मक उपायहरू अपनाइएको देखिँदैन।
पछिल्लो समय निर्माण सामग्री ढुवानीका सवारी–विशेष गरी टिपरहरू अत्यधिक भार लिई असुरक्षित बाटोमा आवतजावत गर्ने गरेका छन्। त्यसैले यस्ता सवारी साधनमा नियमित प्राविधिक परीक्षण, चालकको दक्षता परीक्षण, र पहाडी भेगमा आवश्यक स्पीड कन्ट्रोल मापदण्ड लागू गर्नु आजको आवश्यकता बनेको छ।
स्थानीयहरू भन्छन् निर्माण सामग्रीको चाप, लापरवाह ढुवानी र कमजोर सवारी नियमनले फेरि एकजना चालकको ज्यान लियो। अब पनि सम्बन्धित निकायले ध्यान नदिए यस प्रकारका दुर्घटनाहरू पुनः दोहोरिने खतरा कायम छ। कहिले अत्यधिक स्पीड ले पैदल यात्रु तथा अन्य सवारी लाई क्षति पुर्याएको छ ।यसको नियमन आबस्यक छ ।
-
Jigyasanepal