Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

एम्बुलेन्समा तस्करी: तीन जना पक्राउ

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

मलङ्गवा । भारतको सोनवर्षाबाट एम्बुलेन्स प्रयोग गरेर नेपालतर्फ ल्याउँदै गरेको पटका र अवैध किरानाका सामग्रीसहित तीन जना पक्राउ परेका छन्। सर्लाहीको मलङ्गवा नजिकै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको संयुक्त टोलीले एम्बुलेन्स नियन्त्रणमा लिई तस्करी प्रयासलाई विफल बनाएको हो।

पक्राउ परेका व्यक्तिहरूमा एम्बुलेन्स चालक विक्रम आचार्य, पटका मालिक मनोज रजक, र किराना सामानका मालिक छोटेलाल दास रहेका छन्। सशस्त्र प्रहरीले १४ प्रकारका पटका र ३४ प्रकारका किरानाका सामग्री बरामद गरेको छ। सामानहरू एम्बुलेन्सको सिटमुनी लुकाएर ल्याइँदै गरेको पाइएको हो।

चाडपर्व नजिकिएसँगै तस्करीका घटना बढेको जनाइएको छ। यसअघि पनि करिब १८ लाख बराबरका पटका बरामद गरिएको थियो।


  • Jigyasa media

थप