Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काभ्रेको तेमालमा झिगुखोलाले बगाएका गगन भण्डारीको शव सुनकोसी किनारमा फेला

  •   १ वर्ष अघि | १० साउन २०८२, शनिबार

काभ्रे, साउन १० गते

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ अमलटारीका गगन ब. भण्डारी (स्नेही नाम मेच्छेली दाइ) झिगुखोलाले बगाएर बेपत्ता भएपछि रातभर गरिएको खोजी कार्यपछि आज बिहान ११ बजे उनको शव फेला परेको छ।

श्रावण ९ गते राति करिब ८:४५ बजे आफ्नै धानको खेतमा पानी लगाइरहेका बेला आएको झिगुखोलाले उनलाई बगाएका थियो। त्यसयता स्थानीय बासिन्दा, प्रहरी र खोज तथा उद्धार टोलीले निरन्तर खोजी गर्दै आएका थिए।

आज बिहान सुनकोसी नदीको किनारमा उनको शव फेला परेको पुष्टि भएको छ। स्थानीयका अनुसार, शवको टाउकोमा सामान्य चोट लागेको र कानबाट रगत बगेको देखिएको छ।

घटनापछि गाउँमा शोकको वातावरण छाएको छ। सादा, सहयोगी र मिलनसार व्यक्तित्वका रूपमा परिचित गगनको असामयिक निधनले गाउँ शोकमग्न भएको छ। उनी सक्रिय कृषकका रूपमा परिचित थिए ।

झिगुखोला पाँचखाल हुँदै सुनकोसीमा मिसिने भएकाले खोजी कार्य जटिल भए पनि प्रहरी स्थनीय जनप्रतिनिधि समेतको प्रयासले शव ११ बजे फेला परेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेले उनी बेपत्ता भएको एरिया देखि सुनकोसी नदीको किनारमा आसपास बसोबास गर्नेहरू लाई यस अघि समेत सूचना जारी गरी सतर्क रहन अपिल गर्दै आएको छ ।

  • Jigyasanepal

थप