Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

एभरट्रष्ट सहकारी ठगी प्रकरण: उपाध्यक्षसहित पाँच जना पक्राउ

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार

काठमाडौं, १६ भदौ - एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको रकम हिनामिना प्रकरणमा सहकारीकी उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेहरूमा सहकारीकी उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्य रामलाल महर्जन, र अमरभाई बज्राचार्य रहेका छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

सीआईबीका अनुसार उनीहरूमाथि ठगीको आरोपमा ८ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। काठमाडौंको चुच्चेपाटीस्थित यो सहकारीमा बचतकर्ताहरूको १५ करोड ९१ लाख ४ हजार ७६३ रुपैयाँ अपचलन भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

सीआईबीले यस सहकारीबाट पीडित भएकाहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

  • Jigyasa media

थप