Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पेतोङत्रान सिनावात्रा नियुक्त

  •   २ वर्ष अघि | ३२ साउन २०८१, शुक्रबार

काठमाडौं । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा ३७ वर्षकी पेतोङत्रान सिनावात्रा नियुक्त भएकी छन्। उनी अर्बपति तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्। 

थाइल्याण्डको संवैधानिक अदालतले ३० साउनमा प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेपछि सत्तारूढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।

सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन्। उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानमन्त्रीका रूपमा सेवा गरिसकेका छन्। पेतोङत्रान भने थाइल्याण्डको इतिहासमा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन्।

  • Jigyasa media

थप