Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बडादशैँको टीका: ११ः३६ मा नेपालका लागि साइत, ३१ अन्य देशका लागि पनि समय तय

  •   २ वर्ष अघि | २५ असोज २०८१, शुक्रबार

काठमाण्डौ ।असोज २५ – यस वर्षको बडादसैँमा टीका लगाउने उत्तम साइत नेपालका लागि ११ बजेर ३६ मिनेटमा रहेको छ। यो साइत अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले सार्वजनिक गरेको हो।

नेपालका लागि साइत असोज २६ गते बिहान ११ः३६ बजे नेपालभर टीका लगाउनका लागि उत्तम साइत छ। यो साइत समितिले वैदिक परम्पराका आधारमा निर्धारण गरेको हो।

विदेशमा रहेका नेपालीहरूका लागि साइत नेपालबाहेक अन्य ३१ देशहरूका लागि पनि समितिले समय सार्वजनिक गरेको छ।

भारत: अक्टोबर १२, बिहान ११ः४२

अमेरिका: न्युयोर्कमा बिहान १०ः०१, टेक्सासमा बिहान १०ः०५, क्यालिफोर्नियामा बिहान ०९ः३९

क्यानडा: टोरन्टोमा बिहान १०ः१५, भ्यानकुभरमा बिहान १०ः२७

अन्य देशहरूका लागि शुभ साइत

अस्ट्रेलिया: सिड्नीमा अक्टोबर १३, बिहान ११ः२१

जापान: टोकियोमा बिहान ११ः३५

युके: लन्डनमा बिहान १०ः२१

फ्रान्स: बिहान १०ः२३

मलेसिया: बिहान ११ः५७

साउदी अरब: अबुधावीमा बिहान ११ः४५

समितिका अध्यक्ष डा. माधव भट्टराईका अनुसार वैदिक सनातन धर्ममा आधारित साइतअनुसार यी समयहरू शुभ छन्। विदेशमा रहेका नेपालीहरूले पनि यसैअनुसार साइतमा टीका लगाउन सुझाव दिइएको छ।

समितिले विश्वभर रहेका नेपालीहरूको माग अनुसार बडादसैँको टीकाको साइत निर्धारण गरेको हो, जसले गर्दा विदेशमा रहेका नेपालीले पनि आफ्नो परम्परालाई निरन्तरता दिन सक्नेछन्।



  • Jigyasa media

थप