Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

टिपर दुर्घटनामा दुई भारतीय मजदुरको मृत्यु

  •   २ वर्ष अघि | १५ कार्तिक २०८१, बिहिबार

काठमाडौ — संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा बुधबार साँझ भएको टिपर दुर्घटनामा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई भारतीय मजदुरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटना हुँदा चालक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र सवारीमा रहेका २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुई भारतीय नागरिकको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अरुण तेस्रो परियोजनामा काम गर्ने क्रममा भएको यस घटनाले परियोजनाका मजदुरहरूमा शोकको अवस्था सिर्जना भएको

छ।


  • Jigyasa media

थप