Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कैलालीमा सर्पको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु, अन्य तीन जना घाइते

  •   २ वर्ष अघि | ८ भदौ २०८१, शनिबार

धनगढी । कैलालीमा सर्पको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका-७ महुलियामा शनिबार दिउँसो भएको घटनामा स्थान घर्तीमगरकी छोरीहरू ७ वर्षीया काजल र ४ वर्षीया नीताको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले घटनाबारे जानकारी दिएका छन्।

सर्पले टोकेपछि बालिकाहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनीहरूको मृत्यु भयो। घटनामा बालिकाकी ५५ वर्षीया हजुरआमा रिजु घर्तीमगर पनि सर्पको टोकाइबाट घाइते भएकी छन्, जसको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ।

यसैगरी, शनिबार कैलालीमा सर्पको टोकाइबाट अरु तीन जना पनि घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-१ का १३ वर्षीय उपेन्द्र केसी, गौरीगंगा नगरपालिका-५ का १४ वर्षीय हेम बोहरा, र जोशीपुर गाउँपालिका-३ की ३४ वर्षीया उर्मिला कठरिया घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

घाइते केसी र बोहराको सेती प्रादेशिक अस्पतालमा, र कठरीयाको मसुरियास्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको एसपी विष्टले बताए।

  • Jigyasa media

थप