Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आज बाट सरकारले बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१ काठमाण्डौ ।

सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउने योजना बनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कार्तिक २ र ३ गते, अर्थात् आज र भोलि, यस कार्यक्रमको सञ्चालन हुँदैछ।

छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ। यी औषधिहरू नजिकैको स्वास्थ्य संस्थामा उपलब्ध हुने मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने, ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुट खोप लगाइनेछ। साथै, मन्त्रालयले थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था, वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाइँदैआएको हो।


  • Jigyasa media

थप