Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सप्तरीमा ट्रक दुर्घटना, चालकको मृत्यु

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। 


जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार, पश्चिमबाट पूर्व जाँदै गरेको १२ चक्के ट्रक मोहनपुर पुलबाट अन्दाजी २० मिटर तल खस्दा चालक सबिन राईको घटनास्थलमै मृत्यु भएको हो। मृतक चालक मोरङ उर्लाबारी नगरपालिका-१ निवासी २५ वर्षीय सबिन राई रहेका छन्। 


डिएसपी न्यौपानेले दुर्घटनाका क्रममा ट्रकमा फसेका चालकलाई निकाल्न नसकिएकाले घटनास्थलमै उनको मृत्यु भएको जानकारी दिए।

  • Jigyasa media

थप