Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पहिरोसँगै रुख ढल्दा : दुई बालबालिकाको मृत्यु, तीन घाइते

  •   १ वर्ष अघि | १६ साउन २०८२, शुक्रबार

सिन्धुली, साउन १६  । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा आज दिउँसो परेको अविरल वर्षासँगै आएको पहिरोले सालको ठूलो रुख टहरामा खस्दा दुई बालबालिकाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार टहरामा ओत लागिरहेका बेला रुखले किच्दा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता गोलेको घटनास्थलमै मृत्यु भएको हो।

घाइते हुनेहरूमा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ रहेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनास्थल दुर्गम भएको र अविरल वर्षाले उद्धारमा समेत कठिनाइ भएको जनाइएको छ।

स्थानीय बासिन्दाका अनुसार पहिरोसँगै थुप्रै रुखहरू खसेका छन् र जोखिमयुक्त क्षेत्रमा अझै सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

वर्षासँगै आउने प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुने क्रम बढिरहेको बेला उक्त घटनाले गाउँमा शोक र त्रास फैलिएको छ। स्थानीय प्रशासनले घटनाबारे विस्तृत अध्ययन गरी थप सावधानी अपनाउने तयारी गरिरहेको जनाएको छ।

  • Jigyasanepal

थप