Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बाँसको भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको ज्यान गयो, अभियुक्त पक्राउ

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, शुक्रबार

सोलुखुम्बु, जेठ १६ — घरेलु विवादले हिंसात्मक रूप लिएपछि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बाँसको भाटा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।

घटनामा ज्यान गुमाउने व्यक्ति ४० वर्षीय प्रेम कुमार कुलुङ राई हुन्। उनी महाकुलुङ–२, चंखिदोका स्थायी बासिन्दा थिए।

प्रहरीका अनुसार उनीमाथि सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईले बिहीबार राति आफ्नै घरमा बाँसको भाटा र लाठीले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका प्रेम कुमारलाई तत्काल उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएको थियो, तर शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो।

अभियुक्त पक्राउ

घटनाको जानकारी पाएसँगै प्रहरी चौकी बुङबाट खटिएको टोलीले रघु कुलुङ राईलाई पक्राउ गरेको छ। अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

स्थानीय स्तरमा त्रास

घटना भएको गाउँमा अहिले त्रासको वातावरण छ भने सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ। स्थानीयवासीहरूले यस्तो हिंसात्मक घटनाले शान्त गाउँमा अशान्ति ल्याएको भन्दै दुःख व्यक्त गरेका छन्।

  • Jigyasanepal

थप