Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँचको मृत्यु

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

काठमाडौँ – युक्रेनको विभिन्न सहरमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँचजनाको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार, डिनिप्रो सहरमा एक बालकसहित तीनजनाको मृत्यु भएको छ, भने राजधानी किभ र आसपासका क्षेत्रमा एक किशोरसहित अर्को व्यक्तिले ज्यान गुमाएका छन्।

डिनिप्रो सहरको मध्य क्षेत्रमा आक्रमणले १९ जना घाइते भएका छन्। उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएका छन् र घाइतेमध्ये आठजनालाई अस्पताल भर्ना गरिएको छ। डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरमा उद्धारकर्मीहरू भग्नावशेषबाट उद्धार कार्यमा जुटेका देखिन्छन्।

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै लगातार क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेको छ। किभले यस अवस्थाको प्रतिकार गर्न आफ्नो हवाई सुरक्षा सशक्त बनाउन अन्तर्राष्ट्रिय सहयोगको माग गर्दै आएको छ।


  • Jigyasa media

थप