Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भीमफेदीमा डढेलोले एक जनाको ज्यान लियो

  •   २ वर्ष अघि | २१ चैत्र २०८१, बिहिबार

मकवानपुर, चैत २१ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर एक जनाको मृत्यु भएको छ।

मृतक ४९ वर्षीय अकिलबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार पाख्रिन गएराति आफ्नी श्रीमती र दाजुसँगै घर नजिकै रहेको बोकेदह सामुदायिक वनको डढेलो गाईगोठसम्म पुगेको छ वा छैन भन्ने हेर्न बारीतर्फ गएका थिए। तर, सोही क्रममा उनी भिरबाट लडेर बेपत्ता भए।

खोजतलास गर्ने क्रममा आज बिहान उनको शव भोर्लाको लहरामा अड्किएको अवस्थामा फेला परेको थियो। डढेलोमा जलेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप