Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मंसिर १६ को उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

काठमाडौं, असोज १० – निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता मंसिर २ गते बिहान १० बजेबाट सुरु भई साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ। मनोनयन दर्ता सकिएपछि साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ।

मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उजुरीको जाँचबुझ र निर्णय मंसिर ४ गते गरिनेछ, जसको परिणाम अनुसार सोही दिन साँझ ५ देखि ६ बजेसम्म अन्तिम सूची प्रकाशन हुनेछ।

उम्मेदवारले मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम सूची प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

निर्वाचनको मुख्य दिन मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। प्रचारप्रसार निषेध अवधि भने मंसिर १३ गते राति १२ बजेदेखि लागू हुनेछ।


  • Jigyasa media

थप