Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन

  •   २ महिना अघि | १५ साउन २०८३, शुक्रबार

काठमाडौं, साउन १५ । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो जाँदा नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको हो। त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको जनाइएको छ।

टोलीमा पाँच नेपाली सहित एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अन्य विदेशी आरोही सहभागी रहेको बताइएको छ। उनीहरूको अवस्थाबारे हालसम्म आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

मौसम अनुकूल भए हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गरिने तयारी भइरहेको छ। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गरी उपलब्ध सबै स्रोत परिचालन गर्दै खोज तथा उद्धार कार्य अघि बढाइएको जनाएको छ।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल करिब ६ महिनाभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने नेपाली पर्वतारोही हुन्। उनको यो उपलब्धिले विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ।

विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रड पिक कठिन तथा चुनौतीपूर्ण हिमालमध्ये एक हो। खराब मौसम, हिमपहिरो र प्राविधिक चुनौतीका कारण यस हिमालको आरोहण उच्च जोखिमपूर्ण मानिन्छ।

अधिकारीहरूले खोज तथा उद्धार अभियान जारी रहेको जनाउँदै टोलीको अवस्थाबारे थप जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने बताएका छन्।

  • Jigyasanepal

थप