Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सुकुम्बासी बस्ती बाढीको जोखिममा

  •   २ वर्ष अघि | २९ असार २०८१, शनिबार

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२, सुखजोर खोला नजिकको रहेको सुकुम्बासी बस्ती बाढीको जोखिममा परेका छन् । वर्षासँग खोलामा आएको बाढीले सो बस्तीका करिब १५ घर बाढीको जोखिममा परेका हुन् ।

स्थानीयका अनुसार बाढीले नदी किनारको करिब १० कठ्ठाभन्दा बढी जमिन कटान गरिसकेको छ भने नवनिर्मित बसही मन्दिरमा क्षति पुर्याएको छ । खोलाको बाढीले बगाउन तथा घर भत्काउन सक्ने भएकाले कतिपयले घर खाली गरेर छिमेकीको सरणमा बसेका छन् ।

स्थानीय ममता यादवले बस्ती जोगाउन स्थानीय जनप्रतिनिधिले चासो नदिँदा खोलामा आएको बाढीले बस्ती जोखिममा परेको बताइन् । उनले भनिन्, ‘मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको मोबाइल स्विच अफ छ । प्रदेशसभा सदस्य हरिनारायण महतालाई भन्दा मेयरलाई भन्नु भन्नुहुन्छ । हामी कहाँ जाउँ कसलाई भनाँै । हाम्रो पीडा सुनिदिने, बुझिदिने कोही भएन ।’

स्थानीय सरकारले बस्ती जोगाउनेतर्फ ध्यान नदिए ठूलो धनजनको क्षति हुने बताउँदै ममताले तत्कालै स्थानीय सरकारले बस्ती जोगाउन पहल गर्न आग्रह गरिन् । बाढीग्रस्त क्षेत्रमा पुगेकी नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले बस्ती जोगाउन जेसिबीको मद्दतले खोला बहाव परिर्वतनको काम भइरहेको बताइन् । उनले नगरपालिकाको जेसिबी तत्काल उपलब्ध हुने अवस्था नरहेको बताउँदै व्यक्तिगत खर्चमा भए पनि निजी जेसिबीबाट बहाव परिवर्तनका काम गराइरहेको जानकारी दिइन् ।

उनका अनुसार नगरपालिकामा विपद् व्यवस्थापन समिति गठन नभएकाले पनि विपद्को जोखिम न्यूनीकरण, उद्धारका काममा समस्या भइरहेको छ । नगरप्रमुखको नेतृत्वमा गठन हुनुपर्ने नगरस्तरीय विपद् व्यवस्थापन समिति अहिलेसम्म गठन हुन नसकेको नगरउपप्रमुख बुढाथोकीले बताइन् ।

  • Reporter

थप